मर्निङ वाकमा निस्केका अधिकारी २ सातापछि मृत भेटिए

आदर्श समाज संवाददाता
पौष २३, २०७७
lekhnath madi

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृतावस्थामा भेटिएका छन् ।

पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजी गर्दा पनि भेटिएका थिएनन् ।

बिहीबार बिहान गाउँकै एक महिला घाँस काट्दा जाँदा उनी रुखमै झुन्डिएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन् ।

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले बताए । शल्यक्रियापछि निकै पीडा भएपछि उनले यस्तो सहेर बस्नुभन्दा बरु मर्नु नै बेस भन्ने गरेको उनीसँग भेट हुनेहरुले बताएका छन् ।

उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास समेत गरिएको थियो । धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width