नवलपरासी । नेकपा (दाहाल /नेपाल) समूहका नेता घनश्याम भुसालले संसद पुनस्र्थापनाको विकल्प नभएको बताएका छन् ।
उक्त समूहले सोमबार नवलपुरमा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘अब प्रचण्ड, ओली कसको पछाडि लाग्नुभन्दा हाम्रो सामु २ वटा बाटो छन् । त्यो भनेको संसद पुनस्र्थापना वा ध्वंस ? त्यसैले संसद पुनस्थापनाको विकल्प छैन ।’
उनले संसद संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउन नसकिने भनाइ राखे । नेता भुसालले प्रतिनिधि सभा विघटनमा राष्ट्रपतिले चालेको कदम नै संविधान विपरित भएको दाबी गरे ।
पूर्व मन्त्री भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको र अन्य सबै मन्त्री विपक्षमा रहेको समेत खुलासा गरे ।
नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताए । ओलीले आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखि नै हावी हुँदा समस्या सिर्जना भएको खुलासा भुसालले गरेका छन् ।
उनले संसद पुर्नस्थापना हुनेमा बिश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । संसद पुर्नस्थापनापछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने भुसालले जिकिर गरे । पार्टी विभाजनपछि नवलपरासीमा पनि ओली र प्रचण्ड/नेपाल दुवै समूहले शक्ति प्रदर्शन, भेला प्रशिक्षण सुरु गरेका छन् ।
Related News
सम्बन्धित समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७