पोखरा । कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् ।
संघको तेस्रो अधिवेशनले उनको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, उपाध्यक्षमा सीता गुरूङ, सचिव बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल छन् ।
सदस्यमा मिम रानामगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भए । सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान छन् ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठ पछिल्लो समय हस्तकलाका सामानको माग बढिरहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताए ।
संस्थाकी निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गरी स्थानीय स्रोतसाधन उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताइन् ।
संस्थाकी नवनिर्वाचित अध्यक्ष खड्काले संस्थाको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताइन् ।
संस्था अध्यक्ष हीरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सीता गुरूङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१