पाेखरा । नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । संघको शनिबार भएकाे अधिवेशनमा काेइराला विजयी भएका हुन् ।
सञ्जीवले जिल्ला नगर, वस्तुगत गरी ४० मत ल्याउँदा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गरे ।
संघको उद्योग वणिज्यतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल, वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा उत्तमकुमार कर्माचार्य, धर्मराज बस्याल, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको पक्षमा सधैं आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।