वागमती प्रदेशका ३ मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

आदर्श समाज संवाददाता
पौष १०, २०७७
rajinama

पाेखरा । प्रतिनिधि सभा विघटनकाे असर प्रदेश तहमा देखिन थालेकाे छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

मुख्यमन्त्रीविरुद्ध ४६ जना संसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। बागमती प्रदेशसभामा १ सय १० सदस्य छन्।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशका तीन मन्त्रीले राजीनामासमेत दिएका छन्।

राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिग्राम जमरकट्टेल, उद्याेग पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width