काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै सत्तारुढ नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेताहरु खुमलटारमा भेला भएका छन् ।
बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु दाहाल निवास खुमलटारमा छलफलमा जुटेका हुन् ।
जारी छलफलबाट प्रधानमन्त्रीको कदमका विषयमा ठोस धारणा बनाउने र स्थायी कमिटी बैठकबाटै निर्णय गरेर अघि बढ्ने उनीहरुको तयारी छ ।
आज दिउँसो बस्ने गरी स्थायी कमिटीको बैठक डाकिएको थियो । स्थायी कमिटी बस्नु केहि घण्टाअघि ओलीले संसद् विघटनको निर्णय गरेका हुन् । संसद् विघटनको सिफारिस राष्ट्रपति समक्ष पुगेको छ ।