काठमाडौं । आन्तरिक विवादमा रूमलिएकाे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने नहुने अन्योल कायमै छ। ओली बैठक पूर्व कुनै सहमति भए सहभागी हुने, नभए नहुने मनस्थितिमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।
सहमतिका लागि प्रधानमन्त्री ओली शनिबार दिनभर सक्रिय भएका थिए । ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुलमटार पुगे पनि कुनै ठोस सहमति भने भएको छैन ।
उनले दाहाललाई स्थायी कमिटीमा पेश भएको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए भने दाहालले सबै कुराको छिनोफानो स्थायी कमिटीले गर्ने अडान राखेका थिए ।
ओलीले हिजै सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई उनकै सरकारी निवास पुल्चोकमा गएर भेटेका थिए । सहमतिका लागि भूमिका खेल्न थापालाई ओलीले आग्रह गरेको स्रोतले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले हिजै नेताहरुसँगको भेटवार्ता सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।
आजको बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । यद्यपी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सहभागी नभए बैठक अघि बढाउने की नबढाउने भन्ने विषयमा दाहाल र माधव नेपाल समूहले ठोस धारणा बनाइ सकेका छैनन् ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् भने दाहाल नेपाल समूह बैठकलाई विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने तयारीमा छन् ।
Related News
सम्बन्धित समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
hero news full width
मुख्य समाचार
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७