पोखरा । राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद यस वर्ष स्थगित भए पनि आागामी वर्षभित्र संचालन गर्ने बताएका छन् । कोरोना महामारीका कारण यस वर्षको फागुन २० लाई तय भएको प्रतियोगिता संचालन गर्ने अवस्था नभएकोले आगामी वर्षभित्र संचालन गरिने उनको भनाइ छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरामा आयोजना गरेको खुला रक्तदान तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले सो कुरा बताएका हुन् ।
उनले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकुदको तयारी गरिने बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएर खेलकुद गतिविधि संचालन गर्न सरकारले स्वीकृति दिएकोमा रोकिएका प्रतियोगिता पनि सुरक्षा मापदण्ड पालना गरेर अब बिस्तारै सुरु गर्ने अवस्था रहेको बताए । उनले खेलकुद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष विनोद श्रेष्ठले एकेडेमीले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसल अभिवृद्धिमा सहयोग गर्दै आएको दाबी गरे ।
गण्डकी प्रदेश विधायन समिति सभापति एवं एकेडेमी उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकतामा राखेको बताए ।
एकेडेमीले १३ औं सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेतासहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरेको छ ।
बक्सिङतर्फ स्वर्ण विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई जनही ५१ हजार ५ सयसहित सम्मान गरियो ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका ८ खेललाई सफल बनाउन भूमिका खेल्ने खेल संघ, सागका १३ विषयगत समिति, खेलकुदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरेको हो ।
जसमा नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २१ हजार दरले सम्मानपत्रसहित सम्मान गरियो ।
यस्तै,प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका पाइलट तथा कराँते खेलाडी राजु गैरे (नेपाली) का परिवारलाई १ लाख, टेनिस खेलाडी सुरज नगरकोटीको परिवारलाई ५० हजार आर्थिक सहयोग गरियो ।
पूर्व भलिबल खेलाडी तथा प्रशिक्षका जीवन चौधरीलाई ७० हजार, राष्ट्रिय महिला भलिबल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार र क्लबस्तरीय प्रतियोगिता अवसरमा घाइते क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई ३० हजार सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले बताए । वल्र्ड पावरलिफ्टिङ च्याम्पियनसीपमा पदक विजेता खेलाडीपनि नगदसहित सम्मान गरियो ।
फोटोपत्रकार सुदर्शन रञ्जितले सम्मानवापत प्राप्त गरेको ५ हजार रुपैयाँ फोटो पत्रकार संघ कास्कीलाई दिने घोषणा गरेका छन् ।
सम्मानित हुने अन्य पत्रकारमा नारायण कार्की, केशव पाठक, सन्देश श्रेष्ठ, दीननाथ बराल, पशुराम शर्मा, एमबी आस्था, कृष्ण दवाडी, उमेश पुन, दीपक परियार, श्याम कुँवरलगायत हुन् । सो अवसरमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको जानकारी एकेडेमीका गण्डकी संयोजक राजेशकुमार गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७