ला ग्रान्डी कलेजले पायो आइएसओ प्रमाण

आदर्श समाज सम्वाददाता
पौष २, २०७७
lagrandi

पोखरा । पोखराको सिमलचौरमा सञ्चालित ला ग्रान्डी इन्टरनेसनल कलेज आइएसओ ९००१ : २०१५ प्रमाणित भएको छ ।

मंसिर २८ अर्थात् डिसेम्बर १४, २०२० बाट लागु भएको उक्त प्रमाणीकरण ३ वर्षका लागि मान्य हुनेछ । उक्त प्रमाणीकरण वार्षिक रुपमा नवीकरण गर्नुपर्छ । क्वालिटी अस्ट्रियाद्वारा प्रदान गरिएको उक्त अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको अवसरमा कलेजको सभाहलमा आयोजित एक कार्यक्रममा कलेजमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विभागीय प्रमुखहरुले राख्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा कलेजका प्रिन्सिपल किरण केसीले सो कलेजले सन् २०१९ देखि नै उक्त प्रमाणीकरण प्रक्रिया सुरुआत गरे पनि कोरोना महामारीका कारण प्रमाणित हुन केही विलम्व भएको थियो । कलेजले शैक्षिक गुणस्तरमा फरक पहिचान बनाउन सफल हुनुमा कलेज व्यवस्थापनका साथै सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तक हरुको सद्भाव, सहकार्य र सामूहिक प्रयत्नले नै भूमिका निर्वाह गरेको बताउँदै सबैप्रति आभार प्रकट गरे ।

कलेजका एकेडेमिक डिन डा. कृष्णराज भण्डारीले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षालाई अरु थप निकायहरुद्वारा समेत प्रमाणीकरण गर्नका लागि सम्पूर्ण टिम अनवरत रुपमा लागि पर्ने बताए ।

सफ्ट टेक सिआई प्रालि र नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्ट प्रालिद्वारा निरन्तर निरीक्षण तथा अनुगमन गरी कलेजलाई प्रमाणित हुनका लागि सहजीकरण तथा सिफारिस गरेका थिए ।

पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेजमा हाल स्नातक तहका बिसिए, बिबिए र बिपिएच कार्यक्रममा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको कलेजका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width