पोखरामा ४५ सहित गण्डकीमा ८२ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७७
covid 19 corona banner

पोखरा, २७ मंसिर । गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ४५ जना, नवलपुरमा २० जना, तनहुँमा १३ जना, पर्वतमा ३ जना र स्याङ्जामा एक जनामा संक्रमण देखिएको हो ।

कास्कीका संक्रमित पोखरा महानगरपालिकाका हुन् । नवलपुरको हुप्सेकोट र कावासोती, तनहुँको व्यास, भानु र शुक्लागण्डकी र पर्वतको विहादी र स्याङ्जाको वालिङका रहेका छन् ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय १६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width