पोखरा । रुपातालको आकार बढाउन ड्याम निर्माण गर्ने टेन्डर निकालिएको छ । रुपाताल परियोजनाले ड्याम बाँध्न बुधबार ४५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको हो ।
टेन्डर निस्किएपछि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सपना साकार हुने बाटोमा रहेको बताए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भने, ‘आज विकासको काममा नयाँ कोशेढुंगा रुपातालमा बाँध बाँध्न टेन्डर आह्वान भएको छ । सूचना प्रकाशित गरेकोमा नेपाल सरकारलाई धन्यवाद ! तालको विकासको सपना देख्ने सबैलाई बधाई !’
तीन वर्षदेखि सुरु परियोजनामा अहिले धमाधम मुआब्जा वितरणको काम चलिरहेको छ । करिब ५ सय रोपनी जग्गाको मुआब्जा वितरण भैसकेको परियोजना प्रमुख तुलसी भट्टराईले जानकारी दिए । ‘मुआब्जाको काम भइरहेको छ । बाँधतिरको अधिकांश बाँडिसकेका छौं,’ उनले भने, ‘बाँधको टेन्डर निस्कियो । अरु पनि बिस्तारै निस्किन्छ ।’ उनले परियोजना निर्माणका लागि स्थानीयबाट निकै धेरै साथ पाएको बताए । ‘सबैतर्फबाट राम्रो साथ सहयोग छ । फूट ट्रेलको पनि डिजाइन गरिरहेका छौं,’ भट्टराई भन्छन्, ‘अरु बाटोको टेन्डर पनि छिट्टै निस्किन्छ । यो खुसीको खबर हो ।’
उनले मुआब्जा वितरणमा कुनै समस्या नभएको दाबी गरे पनि केही जग्गाधनी भने मुआब्जा बढाउन दबाब दिइरहेका छन् । बाटोले छोएको जग्गामा प्रतिरोपनी ८० लाख र बाटोले नछोएको जग्गाको प्रतिरोपनी कम्तीमा ५० लाख रुपैयाँ मुआब्जा दिनुपर्ने जग्गाधनीको माग छ । सरकारले चाहीँ रुपातालको उत्तरतर्फका जग्गालाई प्रतिरोपनी ८ लाख ६२ हजार र दक्षिणतर्फको जग्गालाई १२ लाख ९२ हजार रुपैयाँ मुआब्जा दिने निर्णय गरेर सूचनासमेत प्रकाशन गरेको छ । सोही आधारमा अधिकांशले मुआब्जा बुझिसकेका परियोजनाले जनाएको छ । तालमा मिसिने खोलादेखि तालको बाँध बाध्ने दक्षिणतर्फको जग्गा अधिग्रहण गरिएको छ । तर मुआब्जा वितरण अझै टुङ्गिएको छैन । सरकारी मूल्याङ्कनअनुसार मुआब्जा रकम थोरै भएको जनाउँदै स्थानीय जग्गाधनी मुआब्जा रकममा पुनर्विचार गर्नुपर्ने अडानमा छन् ।
जिल्ला प्रशासन कार्यालयले साविकको रुपाकोट ५ र ९, भीरचोक ४, ७ र ९, बेगनास १, २ र ४, शिशुवा ६ र ७ स्याक्लुङ ४ हाल रुपा गाउँपालिका ६ र पोखरा महानगरपालिका ३१ आसपासका जग्गा बाँधको लागि अधिग्रहण गर्न लागेको हो । परियोजनाले पहिलो चरणमा २ सय ५० रोपनी जग्गाको मुआब्जा वितरण गरेको थियो । डुबान क्षेत्रअन्तर्गत १ हजार ४ सय ७७ रोपनी अधिग्रहण गर्नुपर्ने तथ्यांक छ । त्यसमध्ये ९ सय ९५ रोपनीको मुआब्जा दिनुपर्ने र अरु सरकारी तथा सार्वजनिक जग्गा भएको परियोजना प्रमुख भट्टराईले जानकारी दिए ।
परियोजनाअनुसार तालको दक्षिणतर्फ ५ सय ७५ मिटर लम्बाईको बाँध बनाइने छ । बाँध तयार भएपछि रुपातालको सतह १ सय ७४ हेक्टर पुग्ने अनुमान छ । अहिले पानीको सतह भने १ सय ४ हेक्टरमात्रै छ । नापी विभागको २०३२ सालको तथ्यांकअनुसार रुपातालको क्षेत्रफल १ सय ३५ हेक्टर थियो । पाँच वर्षमा सक्ने लक्ष्य लिइएको परियोजनाको काम पूरा गर्न ४ अर्ब ५१ करोड लाग्ने अनुमान छ । ताल बिस्तारपछि पर्यटक बसाइँ लम्बिने र ताल संरक्षणमा सहयोग पुग्ने विश्वास छ ।
Related News
सम्बन्धित समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
hero news full width
मुख्य समाचार
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७