काठमाडौँ, १८ मङ्सिर । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ५५१ पुगेको छ । बितेको २४ घण्टामा नौ हजार २८९ नमूना परीक्षण गर्दा ८०९ पुरुष र ५३४ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा २८२, प्रदेश नं २ मा ५१, वाग्मतीमा ६५१, गण्डकीमा १४७, लुम्बिनीमा १५४, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ सङ्क्रमित थपिएका छन् । आज दुई हजार १११ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख २० हजार २७२ पुगेको छ । कोरोना निको हुने दर ९२.७ प्रतिशत पुगेको छ ।
सङ्क्रमितमध्ये १० हजार २७१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएका छ । तीन सय ८८ जनाको सघन उपचार कक्ष र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मनाङ र डोल्पा कोरोनामुक्त भएका छन् भने झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्कीमा ५०० बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१