शिलान्यास समारोहमा मन्त्री लेखनाथ भट्ट (बायाँबाट पहिलो) लगायत । तस्वीर: भीमपाणि बराल/आदर्श समाज
लेखनाथ, २७ कात्तिक । हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमताको डिपो निर्माण गर्ने नेपाल आयल निगमको पूर्व घोषित नीतिअनुसार पहिलो पटक गण्डकी प्रदेश राजधानी पोखराको वडा नम्बर–२९ र ३० अन्तर्गत गगनगाैडामा पेट्रोलियम भण्डारण गृहको शिलान्यास गरिएको छ ।
पहिलो चरणमा निर्माण हुन लागेका ५०/५० हजार लिटर क्षमताका २ डिजेल भण्डारण ट्याङ्कले गण्डकी प्रदेशको कुल खपतको माग ३० दिनसम्मलाई थाम्न सक्ने छ । जहाँ यसभन्दा पहिला आपूर्तिमा कुनै समस्या आए डिजेलमा ७ दिन र पेट्रोलमा २ दिनमात्र धान्ने सक्ने क्षमता थियो ।
गण्डकी प्रादेशिक डिपोमा भण्डारण क्षमता अभिबृद्धि हुने गरी निर्माण गर्न लागिएको परियोजना अमलेखगञ्जपछि यहाँ नेपालकै दोस्रो ठूलो पेटोलियम भण्डारण गृह बन्ने भएकाले यो प्रदेशवासीको लागि सुखद कुरा हो ।
परियोजनाको एक समारोहबीच बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरे । उनले कोरोना महामारीबीच पनि अर्थतन्त्र सुदृढ बनाउन सरकार कटिबद्ध रहेको भन्दै आगामी दिनमा पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै कमजोरी हुन नदिने बताए ।
उनले विगतमा नेपालमा भएको नाकाबन्दी, विनासकारी भूकम्प लगायत विषम परिस्थितिको बेला जनताले पाएको सास्तीलाई मध्यनजर राख्दै सरकारले यो अभियान अघि सारेको बताए । उनले भने, ‘यो विकासको एउटा फड्को हो । छोटो समयमै जनताले विकास चाहेका छन् । परिणाम देखिने सरकार काम गर्न चाहन्छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।’ पेटोलियम पदार्थ सुरक्षा र विकाससँग जोडिएको विषय भएको हुँदा सरकारको यसमा कुनै कमी कमजोरी हुन नदिने उनले बताए । उनका अनुसार देशका सातै प्रदेशमा यस्तै प्रकृतिको पेट्रोलियम भण्डारण बनाउँदै जाने बताए ।
७७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सो परियोजना २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले असामान्य अवस्थामा पनि मुलुकमा पेट्रोलियम पदार्थ आपूर्तिको अभाव हुन नदिने बताए । पोखरामा डीपो निर्माणपछि गण्डकी हवको रुपमा विकास हुने र काठमाडौंमा अभाव देखियो भने पनि त्यसको ब्याकअपको रुपमा आपूर्ति गर्न सकिने व्यवस्था मिलाइने बताए । उनले निर्धारित २ वर्षमै जर्मन प्रविधिबाट परियोजना सम्पन्न हुने दाबी गरे ।
नयाँ पहुँच सडक, २ लाख लि. क्षमताको पानी भण्डारण ट्यांक, डीपोको चमेनागृह, चालक तथा सुरक्षाकर्मी बस्न नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण ट्यांक र सोमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित हुनेछन् । डीजल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
हाल डीपो रहेको कुल ७७ रोपनी जग्गालाई नै व्यवस्थापन गरेर निगमले पहिलो चरणमा ५० लाख लिटर क्षमताका दुई छुट्टाछुट्टै डीजल भण्डारण ट्याङ्क निर्माण गर्नेछ । करिब ७७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सो परियोजना आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । परियोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभीले पाएको छ । यो डीपो अमलेखगञ्जपछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारणगृह बन्नेछ ।
नयाँ पहुँच सडक, २ लाख लि. क्षमताको पानी भण्डारण ट्यांक, डीपोको चमेनागृह, चालक तथा सुरक्षाकर्मी बस्न नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण ट्यांक र सोमा जडान हुने संरचना जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित हुनेछन् । डीजल लोड तथा अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुने निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।
यस्तै, नयाँ भण्डारणगृहमा २० हजार लि. क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डीजल अनलोड गर्न सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
hero news full width
मुख्य समाचार
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७