पोखरा, २६ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
संघका महासचिव अर्जुन पोखरेलले बुधबार अनलाइनबाटै अधिकारीको उम्मेदवारी दर्ता गरेको जानकारी दिए । संघको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई संस्थापक सदस्यमध्येबाट उम्मेदवारी दिने निर्णय गरेबमोजिम सो उम्मेदवारी दिइएको हो । महासंघको विधान अनुसार संस्थापक सदस्यहरुमध्येबाट एकजना केन्द्रीय सदस्य हुन पाउने प्रावधान छ ।
महासंघमा पोखरा उद्योग वाणिज्य संघसहित झापा चेम्बर अफ कमर्स र चेम्बर अफ इन्डष्ट्री भद्रपुर, मोरङ मर्चेन्ट एशोसिएसन विराटनगर, सुनसरी चेम्बर अफ कमर्स, सप्तरी चेम्बर अफ कमर्स, जनकपुर चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री जनकपुर, चितवन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री, स्याङ्जा उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, बागलुङ उद्योग वाणिज्य संघसहित १२ वटा संघ संस्थापक सदस्य छन् ।
हाल कोरोना संक्रमित रहेका अधिकारी अघिल्लो सातादेखि आइसोलेनमै बसेका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । संक्रमणमुक्त भएसँगै प्रचारात्मक अभियान तीव्र पारिने अधिकारीले बताए ।
विगतको इतिहास हेर्दा पोखरा उद्योग वाणिज्य संघले यसअघि नै महासंघमा नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो । पोखराका उद्योगी व्यवसायी आनन्दराज मुल्मीले २०५४ देखि २०५६ सम्म अध्यक्ष रही महासंघमा सफल कार्यकाल पूरा गरेका थिए ।
महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भूमिका बढाउन तथा मोफसलका उद्योगी÷व्यवसायीको हित रक्षा गर्नको लागि त्यही बेलादेखि पोखरा उद्योग वाणिज्य संघले महासंघका आफ्नो सक्रिय सहभागिता हुनुपर्ने मत राख्दै आएको थियो ।
यस्तै, संघका पूर्वअध्यक्षहरु त्रैलोक्यनाथ श्रेष्ठ, हेमबहादुर प्रधान, सुरेशकुमार राजभण्डारी, आजाद श्रेष्ठलगायतले पनि महासंघको पदाधिकारी रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।
महासंघको ५४ औँ वार्षिक साधारण सभा आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुँदैछ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१