राष्ट्रिय संगीतकर्मी संघको आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७७
news photo

पोखरा । संगीतकर्मी संघ कास्कीले शनिबार आकस्मिक रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३० युनिट संकलन भयो ।

पोखरा ४ का वडा अध्यक्ष शंकर बास्तोलाले कार्यक्रम उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारे । उनले संघको कार्यक्रम अत्यन्तै राम्रो भएकोमा प्रशंसा गर्दै अन्य कार्यक्रममा सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघ सदस्य मुना बास्तोला, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रीय सदस्य राजकुमार हुमागार्इँ, सन्तोष अधिकारी, संघका गण्डकी प्रदेश महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

रेडक्रस सोसाइटी कास्की रक्तसंचार केन्द्रका स्वास्थ्य कर्मचारीहरु महेन्द्र केसी, समीक्षा अधिकारी र अस्मिता पौडेलले प्राविधिक सहयोग गरेको जानकारी कार्यक्रम संयोजक प्रकाश सापकोटाले दिए ।

संघ अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठले स्वागत र सचिव जौमाया हिताङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै