गण्डकीमा कोरोनाबाट मर्ने १००

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७७
kawasoti corona

सांकेतिक तस्वीर ।

पोखरा, २१ कात्तिक ।  गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या शुक्रबार १ सय पुगेको छ ।  गएको २४ घण्टामा गण्डकीमा थप ४ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ सय पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।

पछिल्लो समय पोखराका तीसदिने शिशुले कोरोना सिकारबाट ज्यान गुमाएका छन् । श्वासप्रश्वास र निमोनियाको समस्या रहेका ती शिशुको शुक्रबार मध्याह् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, पोखरा १० का ५७ वर्षीय पुरुषको गएराति सोही अस्पतालमा मृत्यु भएको छ । गत कात्तिक २ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषमा निमोनिया र उच्च रक्तचाप समस्या थियो ।

पोखरा १७ का ७५ वर्षी पुरुषको गण्डकी मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई गत कात्तिक १४ मा कोरोना पुष्टि भएको हो ।

उता, बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षीय पुरुषको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । गत कात्तिक ८ मा संक्रमण पुष्टि भएका ती पुरुषलाई निमोनिया समेत समस्या थियो ।

राजधानी बाहिर भने गण्डकी प्रदेशअन्तर्गत बागलुङमा नगत चैत दोस्रो सातामात्र नयाँ केस देखिएको थियो । बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीलाई १५ चैतमा कोरोना पुष्टि भएको हो ।

कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ 

यसैबीच, नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५ सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच काठमाडौं उत्यकामा थप १ हजार ३ सय ३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका १ हजार ३०, ललितपुरका १ सय ८७ तथा भक्तपुरका १ सय २१ जना रहेका छन् ।

कोरोना सङ्क्रमणबाट गएको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको…
  • फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवा सहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय ग¥यो । फेवामा ६५ मिटरबाट…
  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र…

hero news full width