पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७७
123522944_10214447345655780_2695254249019283844_n

पोखरा, १९ कात्तिक । पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो ।

उपचारका क्रममा नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो ।

उनी माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १४ मा हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिकमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया समेत देखिएको र कात्तिक १५ देखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै अन्ततः निधन भएको हो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads