गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३७७, हालसम्म ८० जनाको मृत्यु

रासस
कार्तिक १७, २०७७
Corona

गण्डकी, १७ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३७७ पुगेको निर्देशनालयले जनाएको छ।

त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का छ, बाग्लुङको एक र लम्जुङ र स्याङजाका दुई/दुई जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ८६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ७१ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ४०६ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width