उदयपुरमा माता उतार्ने नाममा बलात्कार गर्ने झाँक्री पक्राउ

रासस
कार्तिक ११, २०७७
handcuffs-2202224_960_720

उदयपुर, कात्तिक ११ : त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै