जनस्वास्थ्यका मापदण्ड पालना गरी दशैं मनाउन मुख्यमन्त्रीकाे आग्रह

रासस
कार्तिक १०, २०७७
Prithivi subba gurung

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजयादशमी २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिकाे शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री गुरुङले विज्ञप्ति मार्फत यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने यस्ता चाडपर्वहरूवाट भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेकाे मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

उनले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताए।

शुभकामना सन्देशमा उनले विश्वव्यापी महामारीको कोभिड–१९ का कारण यसपालिको दशैँ एउटै घरमा वस्ने व्यक्ति वाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दुरी अनिवार्य कायम गर्ने, मास्क प्रयोग गर्ने, सावुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने लगायत कोभिड–१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, २०७७ को पूर्ण पालना गरी मनाउन सम्पूर्णमा आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width