मस्को, ७ कात्तिक । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यो परीक्षण दोस्रो चरणको हुने छ । उक्त स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि यसको अर्काे अर्थात् तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।
भारतको ठूलो फर्मास्युटिकल कम्पनी डा.रेड्डीज ल्याबरेटोरिजले भारतमा सो खोपको परीक्षण गर्न पाउने गरी गत हप्तामात्र अनुमति पाएको बताइएको थियो । सोही अनुरुप तयारी भएको हो ।
तर त्यो परीक्षणको समयको समयको बारेमा भने अहिले नै निश्चित भएको छैन । अधिकारीहरुले उक्त परीक्षण भारतमा चाँडै नै हुने बताएका छन् ।
भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने बताइएको छ । भारतमा सो खोपको परीक्षण गर्न अनुमति पाएको डा.रेड्डीज ल्याबरेटोरिजले बताएअनुसार यहाँ अबका केही दिनमा एक सय जनामा यो दोस्रो चरणको परीक्षण गरिने छ । ]
त्यस्तै अर्काे अर्थात् तेस्रो चरणको परीक्षण भने एक हजार ४०० जनामा गरिने पनि बताइएको छ । यसको दोस्रो चरणको परीक्षण पछि विज्ञहरुले यसको असर र प्रभावकारिताको विश्लेषण गर्नेछन् ।
त्यसपछि मात्र तेस्रो चरणको परीक्षण गरिने सो कम्पनीले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१