थप ३ हजार ७९० जनामा सङ्क्रमण, १८ को मृत्यु

रासस
कार्तिक ३, २०७७
corona_1

काठमाडौँ, ३ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या ४० हजार ७७८ रहेको जानकारी दिए ।

जम्मा सङ््क्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको संख्या चार हजार चार सय ७० छ ।

सङ्क्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४ , २ मा ७१३, वाग्मतीमा सात हजार ८५५, गण्डकीमा ९९०, लुम्बिनीमा एक हजार ८२०, कर्णालीमा ४५३ र सुदूरपश्चिममा ५३६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा चार हजार २३२ , २ मा दुई ७३५ , वाग्मतीमा १७ हजार २२५ , गण्डकीमा ९२५ , लुम्बिनीमा ४२०, कर्णालीमा ८०७ र सुदूरपश्चिममा ५८३ छन् ।

देशभर २८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३० , २ मा १३, वाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१ , कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेण्टिलेटरमा छन् ।

आजसम्म बाह्र जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको संख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुईहजार ३८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुईहजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।

थप १८ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width