पोखरा । तनहुँ जिल्ला प्रहरी कार्यालय गण्डकी प्रदेशमै उत्कृष्ट घोषित भएको छ । तीन महिनाको कामको आधारमा ६५ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रहरी कार्यालयले तनहुँलाई उत्कृष्ट घोषणा गरेको हो । दोश्रोमा कास्की र तेश्रोमा म्याग्दी भएको छ ।
उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, उत्कृष्ट प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर सम्मानित छन् । यस्तै, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम विकलाई नगद र सम्मानपत्र प्रदान गरिएको हो ।
यसैबीच, यो बर्षको प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी सीमित श्रोत साधनका बीच पनि शान्ति सुरक्षामा निरन्तर खटिएको भन्दै बधाई दिए ।
उनले कानुन विपरितका अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखेर सेवा गर्न सुझाए । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले सचेत र कर्तव्यनिष्ठ भई राष्ट्र सेवा गर्न प्रहरीलाई आग्रह गरे । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आम नागरिकको जिउ धन र अधिकारको रक्षा गर्न आफुहरु अहोरात्र खटिएको बताए । उनले प्रहरीलाई पुर्वाधार र प्रविधियुक्त बनाउन सरकारसँग आग्रह गरे । गण्डकी सरकारले प्रदेशस्तरीय प्रहरी संगठन स्थापनाका लागि विधेयक पास गरिसकेको छ । मुख्यमन्त्री गुरुङले अब बन्ने प्रहरी संगठन प्रविधि केन्द्रित हुने दावी गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१