लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ ।
समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो । आज पहिलो उडानमार्फत सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो ।
डोटीबाट निर्वाचित सङ्घीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि आज पहिलो उडान भएको हो । नेपाल सरकारको रु ८ करोडको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले आजबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताए।
समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको जनाए।
तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति रु तीन हजार २०० भाडा निर्धारण गरिएको छ । सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिए।
पाटनबाट नियमित हवाई उडान
पच्चीस वर्षपछि बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः शुरु भएको छ । विसं २०५२ सालपछि राेकिएकाे पाटन विमानस्थलमा पहिलोपटक शुक्रबार समिट एयरले यात्रुहरू लिएर अवतरण गरेकाे हाे।
पच्चीस वर्षपछि बैतडीको पाटन विमास्थलमा पहिलोपटक शुक्रबार यात्रुहरु लिएर आएको विमान । तस्बिरः विनोदसिंह विष्ट, रासस
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१