तनहुँ । चाडवाड नजिकिएपनि खसीबोका विक्री नभएपछि तनहुँका किसान चिन्तित बनेका छन् । गाउँगाउँबाट सदरमुकाम दमौली ल्याईएका खसीबोका विक्रि नभएको हो । कोरोना भाइरस संक्रमणले दमौली सुनसान छ । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बताए । गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताए ।
‘यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो,’ उनले भने, ‘बिक्री नहुँदा पालेका पशु कता लैजाने ?’ विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरेपनि यो वर्ष बिक्री नभएर शहर झरेको व्यवसायी कृष्णबहादुर रानाभाटले बताए । ‘सहरमै झारेपनि विक्रि भएका छैनन्,’ उनले भने । ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्री गर्न पुरानो प्रशासन कार्यालय अघि ठाउँ दिएको छ । दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा सात लाखको बिक्री गरेपनि यो वर्ष ५० प्रतिशत कम हुने अनुमान छ ।
अहिले होटल रेष्टुरेण्ट खुलेका छैनन् भने भोजभतेरका कार्यक्रममा बन्देज लगाईएको छ । होमस्टेमा पनि पाहुना नजाँदा मासुको खपत न्युन छ । आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु किनबेच घटेको ब्यवसायीहरु बताउँछन् ।
किसानलाई खसीबोका बिक्री नभएर समस्या परेपनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा भएको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौलीका मासु व्यवसायीले बताए । सस्तो मूल्यमा सदरमुकाममै खसीबोका पाउन थालेको केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बताए । भन्छन्, ‘खसीबोका खोज्न गाउँ–गाउँ डुल्नुपथ्र्यो । अहिले किसानले पसलमै गाउँको मूल्यमा ल्याइदिएपछि व्यवसाय गर्न सजिलो भएको छ ।’
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१