लेखनाथ, २८ असोज । संस्थामा आवद्ध एक हजार पाँच सय १२ सेयर सदस्यहरुमध्ये करिव नौ सय भन्दा बढीको हस्ताक्षर र सुझाव संकलन गरि पोखरा–२६ स्थित लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले आफ्नोे १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
करिव एक साता लगाएर सेयर सदस्यको सुझाव संकलन गरि बुधावार कार्यसमितिका पदाधिकारी, विभिन्न उप–समिति र सल्लाहकारहरुको सामूहिक भेलाले प्रतिवेदन उपर छलफल गरि परिमार्जनसहित साधारण सभा सम्पन्न गरेको हो ।
भेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सहकारीका संचालकहरु स्थानीय भएकाले विश्वासको आधारमा सहकारीहरु संचालन भएको धारणा राख्दै सेयर सदस्यको लगानीलाई सुरक्षित गर्न सहकारीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा संस्थाका सल्लाहकार नारायणदत्त बस्ताकोटीले सरकारले ल्याएको सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारीको नियमलाई पालना गराउनु पर्ने विचार राखेका थिए भने वडा नं २६ का वडासदस्य रामकृष्ण जिसीले सहकारीले गरिब समुदायसम्म आफनो पहुँच पुर्याउन नसकेको सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष खडानन्द लामिछानेले भावी योजना प्रस्तुत गरेको कार्यक्रममा सचिव लेखनाथ सापकोटाले प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, कोषाध्यक्ष किरणराज पौडेलले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरि बहादुर जिसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१