पोखरा । गरिवलाई घरसहितको जग्गा दिन्छौं भन्दा विश्सास नलाग्ने कुरै भएन । अब्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग गण्डकी प्रदेशको नक्कली समिति गठन गरेर एउटा गिरोहले सुकुम्बासीलाई घर र जग्गा उपलब्ध गराउने झुटो आश्वासन दिए । पोखराका ठाउँठाउँमा बसिरहेका ज्याला मजदुरी गरेर खानेहरुलाई झुक्याएर घर सहितको जग्गा दिलाईदिने विश्वासमा पारे । पोखरा १४ भोटेपोखरीमा रहेको जग्गामा उनीहरुलाई ब्यवस्थापन गर्ने आश्वासन दिईयो । उनीहरुले घर पाउने आसमा चाहिनेभन्दा बढी विश्वास गर्दा आफै ठगिएको पत्तो पाएनन् । त्यो गिरोहले हालसम्म २० भन्दा बढीसँग नागरिकता र पैसा लिएको भेटिएको छ ।
स्थानीयका अनुसार भोटेपोखरीमा कम्तिमा २ सय रोपनी जग्गा छ भने २ सय हाराहारीमा घरहरु छन् । ‘सबैजसोले जग्गाधनीसँग किनेर घर बनाएका छन् । कति जग्गा दर्ता छैनन् । तर हकभोग गरिरहेका छन्,’ स्थानीय दिवस कुँवर भन्छन्, ‘जग्गा दर्ताका लागि अदालतमा मुद्धा छ । यो पूरानो गाउँले बस्ती हो ।’ त्यही जग्गामा अब्यवस्थित सुकुम्बासीलाई घर दिने गिरोहको दावी छ । उनीहरुले २०६८ को लेटरप्याड बनाएर दुरुपयोग गरेका छन् ।
१० सदस्यीय प्रदेश स्तरीय समिति गठन गरेका छन् । समितिलाई सहयोग गर्न भन्दै असोज २२ गते पत्र पठाए । सोही पत्रका आधारमा रसिद दिएर स्थानीयसँग पैसा उठाउन थाले । ‘नेपालमा बसोवास गर्ने १४ लाख भुमिविहिन नागरिकलाई भूमि ब्यवस्था गर्ने कुरा यहाँहरु समक्ष जानकारी गराउन चाहान्छौं । पोखरा महानगरपालिका १४ भोटे चौतारामा अव्यवस्थित रहेको ३ सय रोपनी जमिन कास्की जिल्लाबाट आएको निवेदन अनुसार उक्त जमिनमा १ सय ६० जनालाई तत्काल भौतिक पूर्वाधार सहित व्यवस्था गरिने भएकोले प्रदेश कार्यसमिति गठन भएको छ,’ पत्रमा भनिएको छ, ‘कार्यसमितिका हिराबहादुर तामाङलाई प्रमुम कार्यकारीमा नियक्त गरिएको हुँदा यसै पत्रलाई आधार मानि वहाँको टीमलाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुन अनुरोध गर्दछौं ।’
गरिवहरुलाई झुक्याएर पैसा असुलेको सूचना पाएपछि प्रहरीले विभिन्न ठाउँबाट आयोगका सदस्य भनिएकाहरु मध्ये ८ जनालाई पक्राउ गरेको छ । आइतबार ५ जना र सोमबार थप ३ जना समातिएका हुन् । थप दुईजना अझै फरार छन् । ‘नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्यसमितिको पदाधिकारी भनेर विश्वास दिलाएर ठगि गरेको पाईयो,’ कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने, ‘३ सय रोपनी जग्गामा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर नापजाँच गर्ने भनि रकम उठाएका रहेछन् ।’ गिरोहले २ हजार रुपैयाँ फाराम शुल्क र थप ७ हजार अमिनलाई जाँच गराउने खर्च भनी रसिद काटेर लिएको भेटिएको छ । ‘हालसम्म २३ वटा चिट काटेको देखिन्छ । ठगिनेहरु सबै साधारण गरिखाने मजदुरहरु छन्,’ श्रेष्ठले भने, ‘ज्याला मजदुरी गर्ने र कोठाभाडामा बस्नेहरुबाट पैसा लिईएको छ । ठगिनेहरु सबै सम्पर्कमा आएका छैनन् ।’
पक्राउ पर्नेहरुमा प्रमुख कार्यकारी भनिएका माछापुच्छ्रे गाउँपालिका ९ घर भई पोखरा ५ पस्र्यांङ बस्ने ३९ बर्षका हिराबहादुर तामाङ, सदस्य भनिएका म्याग्दी रघुगंगा ४ घर भइ पोखरा १४ कुँडहर बस्ने ३० बर्षका रमेशकुमार परियार, रुपन्देही सैनामैना ९ घर भइ पोखरा १४ चाउथे बस्ने ३५ बर्षका ओमबहादुर सुनार छन् । तामाङ ज्यान मार्ने उद्योगमा यसअघि नै जेल भुक्तान गरी निस्किएका ब्यक्ति हुन् ।
यस्तै, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भइ पोखरा १३ बस्ने ३७ बर्षकी रिता विश्वकर्मा, पोखरा १७ चोरसाँघु घर २२ बर्ष सोनु परियार पनि छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । पोखरा १३ बाँझापाटन २७ बर्षकी सीता सुनार, पोखरा १३ मियापाटनका ५० बर्षीय हर्कबहादुर विक र पोखरा १३ मियापाटनका २४ बर्षीय मौसम सदासंकर सोमबार विहान पक्राउ परेका हुन् । उनीहरुको साथबाट कार्यसमितिको बैठक बसेको निर्णय रजिष्टर, नगद उठाएको रजिष्टर, नगदी रसिद, स्थानीयका नागरिकता र फोटोहरु तथा १ लाख ६१ हजार नगद बरामद गरिएको छ । पक्राउ परेकाहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१