लेखनाथ । लायन्स क्लब अफ पोखरा, कैलाशचौतारीको पाँचौ स्थापना दिवस अवसरमा रुपा गाँउपालिका वडा ६, तालवेसीमा रहेको सूर्यदय आधारभूत विद्यालयलाई पाठ्यसामग्री वितरण गरिएको छ ।
शनिबार एक समारोहबीच विद्यालय प्रधानाध्यापक दुर्गा गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु गुरुङलाई प्रमुख अतिथि ३२५ बी वानका फष्ट भाइस डिष्ट्रिक गभर्नर विश्वेश्वरप्रसाद आचार्यले झोला, टेवल, कुर्ची चकटी, स्टेशनरी लगायत पाठ्यसामाग्री हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अफ पोखरा कैलाशचौतारीका को–चिफ एड्भाइजर एकनारायण पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा को–अर्डिनेटर विष्णुप्रसाद सुवेदीको नेतृत्वमा विद्यालयका ३८ जना छात्रछात्रालाई विभिन्न पाठ्यसामाग्री वितरण गरिएको हो ।
प्रमुख अतिथि फष्ट भाइस डिष्ट्रिक गभर्नर आचार्यले मानवीय सेवामा समर्पित यस संस्थाले जुन ठाउँमा जे आवश्यकता छ, त्यही सेवा गर्ने संस्थाको उद्देश्य राखेको बताए । उनले समाजसेवाको लागि आफ्नो खर्च कटाएर लायन्सले जे सक्छांै त्यही सेवा गर्ने हो भन्दै जबसम्म शिक्षामा समानता हुन सक्दैन, तबसम्म देशको उन्नति हुन नसक्ने बताए ।
कार्यक्रममा रुपा गाउँपालिका वडा ७ का वडा अध्यक्ष दयासागर सुवेदी, को–चिफ एड्भाइजर चण्डीप्रसाद अर्याल, क्लष्टर प्रमुख शम्भुराम बास्तोला, एलसीआई अफ डिष्ट्रिक ३२५ बी वानका को–अर्डिनेटर यादव पोख्रेल, रिजन चियरपर्सन पुष्पा आचार्य, संस्थाका निवर्तमान अध्यक्ष तुलबहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु गुरुङ लगायतले कार्यक्रममा बोलेका थिए ।
क्लब प्रथम उपाध्यक्ष लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रममा संस्थाका सचिव प्रेमप्रसाद सुवेदीले संचालन गरेका थिए ।
विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म ३८ जना छात्रछात्रा अध्ययनरत छन् । २ जना शिक्षक र १ परिचर छन् । विद्यालयको भौतिक एवं गुणस्तरीय शिक्षाका लागि १ जना इसीडी र अर्को १ जना शिक्षकको टड्कारो आवश्यकता रहेको विद्यालयको भौतिक विकासको लागि फर्निचर पाठ्यसामग्री तारबार, बाँध, रेलिङ वाल, तत्काल आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक दुर्गा गुरुङले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१