पोखरा, २१ असाेज । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा विश्वविद्यालयमा आफूले चुनौती र सम्भावना दुवै देखेको बताउँदै चुनौती सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न सबैको सहयोगको अपेक्षा राखेको बताए । प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका हुन् ।
आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आफू आतुर रहेको बताउँदै विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएरै अगाडि बढ्ने जानकारी दिए । कुनै पनि पूर्वाग्रहबाट आफू प्रेरित नहुने र पक्षपात नगरी विशिष्टताका आधारमा न्यायसङ्गत निर्णय लिँदै जाने कुरा पनि उनले सो क्रममा उल्लेख गरे । पोखरा विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पूरा गर्न आफू दृढ सङ्कल्पित भएको पनि जनाए । एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा आफूले लिएको पनि उनले उल्लेख गरे । अबको ४ वर्ष पोखरा विश्वविद्यालयबाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको गुणस्तर अभिवृद्धि आफ्नो एक मात्र अभीष्ट रहेको जनाए । नियुक्तिसँगै अनेक अफवाह फैलाउन केही समूह उद्धत भएको बताउँदै अर्यालले आफूलाई असफल बनाउने सपना नदेख्न साङ्केतिक रूपमा चेतावनी दिनसमेत भ्याए ।
पोखरा विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन डा. हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए । पदाधिकारी रिक्त हुँदा थुप्रै काम बाँकी भएकाले ती काम समयमा सम्पन्न गरी विश्वविद्यालयलाई समयसापेक्ष बनाउन सबैले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधान गर्नका लागि अगाडि बढ्न नवनियुक्त उपकुलपति अर्याललाई सल्लाह दिए । विश्वविद्यालयका कार्यकारी परिषद् सहप्राडा अजय थापाले विश्वविद्यालयले आफ्नै विशिष्ट कार्यक्रम लागू गर्दै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्नतिर केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय प्राध्यापक संघका प्रथम निर्वाचित सभापति इ. दीपकराज पौडेल, प्रजातन्त्रवादी कर्मचारी संघका सभापति तेजनारायण पराजुली, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य योगराज लामिछाने, प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव रवीन्द्र बराल, सहप्रा राजेश ठकुराठी, विद्यार्थी नेता गोपी तिवारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
hero news full width
मुख्य समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७