३ वर्षभित्र खरका छाना विस्थापित हुने

रासस
असाेज २०, २०७७
kharko-chano

तस्वीरः गोरखापत्र अनलाइनबाट

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् ।

विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाए ।

राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताए ।

कोरोना सङ्क्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उनले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताए ।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width