पोखरा १७ असोज । पोखरा जेसिजले युवा उधमशीलताको लागी साक्षात्कार कार्यक्रम गर्दै जेसिज सप्ताहको अन्त्य गरेको छ । युवाहरुलाई कसरी उधमशीलता बन्ने भन्ने विषयमा साक्षात्कार कार्यक्रम सहित सम्पन्न गरेको हो ।
अनलाईनमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमा बोल्दै पर्यटनविद् तथा सफल पर्यटन व्यवसायी कर्ण शाक्यले जीवनलाई पढाईले मात्र नभएर भोगाइले समेत सफल बनाउने बताए । एउटा सफल व्यवसायी बन्नको लागि आफ्नो भोगाइलाईनै मार्ग बनाउन आवश्यक रहेको उनले बताए ।
‘हामीले जीवनमा चुनौतिको सामना गरेकै छौँ । भोगेको दुःखले कथा बोक्ने गर्छ सुखले कथा बोक्दैन । समस्याको समाधान गर्न सकेमात्र अघि बढ्न सकिन्छ । समाधान भनेकै समस्याको छायाँ हो । समस्या आएपछिमात्र विकल्प निकाल्ने गरिन्छ जस्ले सफलताको बाटो तर्फ लैजान्छ’ शाक्यले भने ।
कार्यक्रममा पूर्व गर्भनर तथा नेपाल सरकार पूर्व पर्यटन सचिव दीपेन्द्र ढकाल, जेसिज पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । समाज विकासको लागि अग्रसर जेसिजले आफुहरुलाई धेरै कुराहरु सिक्ने र सिकाउने मौका दिएको कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए ।
जेसिज पोखराका अध्यक्ष शिवप्रसाद सापकोटाले प्रतिकुलतालाई समेत अनुकुलतामा बदलेर कार्यक्रमको आयोजना गरिएको बताए । यस अघि पोखरा जेसिजले गरेको स्वास्थ्य, शैक्षिक, खेलकुद तथा खाध सामग्री वितरण तथा महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरेको थियो । शुक्रवार ‘गण्डकी युवा वक्ता सिजन २’ सम्पन्न गरेको छ । सो प्रतियोगिताको प्रथम राधा पंगेनी, द्वितीय प्रेरणा पराजुली तथा तृतीय कौशल कार्की भएका थिए । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैँया प्राप्त गरे ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१