हेमजा ।अन्नपूर्ण गाउँपालिका–१, नागडाँडास्थित श्री शिखर वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भयो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारी संस्था सहकार्यबाट चल्नुपर्नेमा जोड दिँदै सहकारीले न्यून व्याजदरमा गरिबहरुमा पनि ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई सहकार्यको मर्म अनुसार टोलटोलसम्म पुर्याउनुपर्ने तर्क गरिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यवराज अधिकारी, शिक्षा अधिकृत बलराम भुर्गाइँ, सहकारी शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, वडाध्यक्षहरु वडा १ का भरतजंग कुँवर, २ का चूडामणि अधिकारी र ३ का चन्द्रबहादुर गुरुङले पनि भनाइ राखेका थिए।
उक्त साधारणसभाले सुशील भट्टचनको अध्यक्षतामा रहेको तदर्थ समितिलाई पूर्णता दिएको छ । जसअनुसार उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा शिवहरि सुवेदी, कोषाध्यक्षमा वीरेन्द्र गुरुङ तथा सदस्यमा चित्रमोहन सुवेदी, नीमा गुरुङ, प्रकाश सुवेदी, प्रकाश गुरुङ, शंकर केसी, महेश्वर पौडेल र जुमबहादुर दमै छन् ।
त्यस्तै गोविन्द सुवेदीको संयोजकत्वमा लेखा समिति पनि गठन गरिएको छ।जसका सदस्यमा कृष्णप्रसाद पौडेल र हरि केसी छन्। प्रकाश सुवेदीको संयोजकत्वमा कुशल सुवेदी र रामबहादुर गुरुङ सदस्य रहेको शिक्षा उपसमिति पनि गठन गरिएको छ।
कार्यक्रमबीच सचिव शिवहरि सुवेदीद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष वीरेन्द्र गुरुङबाट प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरिएको छ।
उक्त साधारणसभाले सामाजिक र शिक्षा क्षेत्रमा गाउँपालिकासँग सहकारी गरी कार्य गर्ने, वस्तीस्तरमा सहकारी समूह निर्माण गर्ने तथा गरिबी निवारणका लागि न्यूनतम व्याजदरमा ऋण प्रवाह गर्ने लगायत निर्णय गरेको अध्यक्ष भट्टचनले जानकारी दिए।
भट्टचनको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सदस्य राजकुमार सुवेदीले स्वागत तथा सदस्य दिलबहादुर जिसीले संचालन गरेका थिए।सहकारीमा हाल १ सय ४८ जना शेयर सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१