पोखरा, १३ असाेज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थ र लोभबाट माथि उठ्नुपर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति, कास्कीको चौथो जिल्ला सभालाई सोमबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले व्यक्तिगत स्वार्थ र लोभ रहेसम्म देश विकास हुन नसक्ने उल्लेख गरे । देशको प्रमुख दुश्मन भ्रष्टाचार र कमिसनतन्त्र रहेको भन्दै उनले अनियमितताको नियन्त्रण भएमात्र देश समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताए ।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्ने भन्दै शेरचनले विदेशी आयातमा मात्रै भर पर्दा कुनै पनि बेला संकटको सामना गर्नुपर्ने हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । युवालाई राजनीतिमा अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले युवाको नयाँ जोश र सोचबाट देशलाई गतिशील बनाउन सकिने धारणा राखे । उनले युवालाई अवसर दिएर उत्तराधिकारी तयार गर्न सक्नुपर्ने समेत बताए ।
कास्की क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, गण्डकी प्रदेशसभा उपसभामुख सृजना शर्मा, माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, कास्कीका पूर्व जिविस उपसभापति श्रीनाथ बरालले समेत बोलेका थिए ।
सो अवसरमा पोखरा महानगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख शारदामोहन काफ्ले, माछापुच्छे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालगायत विभिन्न विषयगत कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयका तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिसस कास्की प्रमुख बैनबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभाले प्रस्तावित बजेट तथा कार्यक्रमबारे १८ वटा निर्णयहरू पारित गरेको उपप्रमुख सावित्रा भण्डारीले बताइन् ।
उद्घाटन सत्रमा कास्की जिल्लामा पोखरा महानगरसहित ४ वटा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतहरुले हालसम्मको कार्य प्रगति विवरण पेश गरेका थिए ।
कार्यक्रम संचालन जिल्ला समजन्वय अधिकारी नवराज बरालले गरेका थिए भने स्वागत मन्तव्य उपप्रमुख भण्डारीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७