पोखरा, ८ असोज । अविरल वर्षापछि स्याङ्जाको वालिङ नगरपालिकामा पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । पहिरोमा ४ बेपत्ता छन् भने १ घाइतेको उपचारार्थ अस्पताल लगिएको छ ।
वालिङ–१४, तमादीकी माया नेपालीको घरमाथिबाट बिहान ६ बजे खसेको पहिरोमा परिवारका १० सदस्य पुरिएका हुन् ।
मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली हुन् । पहिरोमा पुरिएकी १६ वर्षीया मनीषा नेपालीलाई भने जीवितै उद्धार गरी उपचारार्थ गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ । बेपत्ता ४ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४, गौतमडाँडाका बाबुराम दमाईको घर पुरिँदा उनका १६ वर्षीय छोरा विष्णुको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
hero news full width
मुख्य समाचार
विकास खर्च तीन वर्षयताकै कम
हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७