२५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन हुन सक्ने

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७७
corona update

पोखरा, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन् ।

उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने भन्दै सोअनुसार सिफारिस गरिने बताए ।

उनका अनुसार गएको २४ घण्टामा नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ४ सय १४ छ।

यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ।

बुधबार नेपालमा ७ सय ४६ पुरुष र ४ सय २६ महिलामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ६ सय २७ भेटिए । नेपालमा कुल संक्रमित संख्या ६७ हजार ८ सय ४ पुगेको छ । तीमध्ये ४९ हजार ९ सय ५४ निको भए ।

गएको २४ घण्टामा ७ जनाको ज्यान गयो । कुल मृत्यु हुनेको संख्या ४ सय २६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width