गण्डकीमा थप ३८ संक्रमित

Avatar आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा कास्कीका कास्कीका ४ जना, तनहुँका १७ जना, बागलुङ १५ जना स्याङ्जा २ जना र गोरखाका १ जना रहेका छन् ।

कास्कीका संक्रमित माछापुच्छ्रे र रुपाका हुन् । तनहुँका शुक्लागण्डकी र बागलुङका ढोरपाटनका रहेका छ् । त्यस्तै गोरखाका सिरानचोक र स्याङ्जाका पुतलीबजारका हुन् ।

विज्ञप्तिमा सबैभन्दा धेरै संक्रमित तनहुँका शुक्लागण्डकी नगरपालिकका रहेका छन् ।

बागलुङ ढोरपाटन¬–१ का संक्रमितहरु नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, नगरपालिका कार्यलय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत छन् ।

ढोरपाटन–४ कै ३१ बर्षीय पुरुष र गोरखा सिरानचोक–६ का ३३ बर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ७८ पुगेको छ ।