मन्टेसरी एशोसिएसनको सवलीकरण कार्यक्रम

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
school

पाेखरा, ३ असाेज । मन्टेसरी एशोसिएसन कास्कीद्वारा पूर्व प्राथमिक विद्यालय सवलीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापी फैलिएको कोरोनाका कारण छ महिनादेखि विद्यालय सञ्चालनमा नरहेका कारण उक्त सवलीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री नरदेवी पुनले लामो समयदेखि बन्द विद्यालय खोल्न विद्यालय, अभिभावक, सरोकारवाला निकायले उचित छलफल गरेर कोभिडको सुरक्षा नीति अवलम्बन गरी निष्कर्षमा पुग्नु पर्ने बताइन् ।

पोखरा महानगरपालिकाका शैक्षिक योजनाविद बाबुराम भण्डारीले पूर्व प्राथमिक तहका लागि नीति निर्माणका गर्न महानगरले बालबालिका र सम्बन्धित निकायसँग सहयोग एवं समन्वय गरिने बताए । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पनि कार्यक्रमको गरिमा बढाएका थिए ।
नेशनल प्रोग्राम सेन्टरका सञ्चालक साइकोलोजिकल प्रोफाइल म्यानेजमेन्टकर्ता मनोविद डा. सुशील कँडेलले सहजीकरण गरेका थिए ।

भर्चूअल माध्यमबाट सम्पन्न कार्यक्रममा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकमा परेका सकारात्मक–नकारात्मक पक्षबारे छलफल भएको थियो । कार्यक्रममा शाल्भि मर्सानी, अप्सरा अधिकारी, रीतु पौडेल, कूलप्रसाद सुवेदीलगायतले आफ्ना जिज्ञासा प्रस्तुत राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष मिलन केसीको अध्यक्षता सम्पन्न भएको थियो । संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रीतादेवी सुवेदीले स्वागतसहित कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् । संस्थाका सचिव सावित्री थापा मोक्तानले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा कास्की जिल्लामा रहेका विभिन्न मन्टेश्वरी विद्यालयका संस्थापक / प्रिन्सिपल , शिक्षक शिक्षिका सहित ११० जनाको सहभागीता रहेको थियो  ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै