पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
landslide

सांकेतिक तस्वीर ।

चितवन, २ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा शुक्रबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।

चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएकोमा केराबारीको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १ सय मिटर सडक ढाकेको छ ।

पहिरो पन्छाउन ३ घण्टासम्म लाग्न सक्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width