गण्डकीमा ११ संक्रमित थपिए

Avatar आदर्श समाज सम्वाददाता
असाेज २, २०७७

पोखरा, २ असोज  गण्डकी प्रदेशमा ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ९१ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा ८, तनहुँका २ र स्याङ्जाका १ गरी ११ जना संक्रमित थपिएका हुन् । उनीहरुमध्ये पोखरासहित चितवनको वीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा समेत परीक्षण गरिएको थियो ।