फेवातालसम्बन्धी अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७७
pokhara fewa tal

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवातालसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ ।

उक्त अध्ययन प्रतिवेदन सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको छ ।

फेवातालको एतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थितलाई प्रतिवेदनमा समेटिएको छ भने फेवातालसम्बन्धी मापदण्ड क्षेत्रमा पर्ने जग्गाको विवरण, भौतिक संरचना र अनुमानित मुआब्जालाईसमेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको फेवातालसम्बन्धी फैसला कार्यान्वयन तथा फेवातालको दीर्घकालीन संरक्षणका लागि पोखरा महानगरपालिकाले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width