हेमजा, १८ भदौं। अन्नपूर्ण गाउँपालिका १ र २ स्थित ठुलाचौरमा गाँजा फडानी गरिएको छ। प्रहरी चौकी भदौरे नागडाँडाको सक्रियतामा बुधवार गाँजा फाडिएको हो।
उक्त गाउँमा रहेका करिव ५ सय बढी गाँजाका बोट काटी आगो लगाएर नष्ट गरिएको प्रहरी चौकी भदौरे नागडाँडाका प्रमुख, प्रहरी सहायक निरीक्षक जयलाल बुढाले जानकारी दिए।
उक्त कार्यमा प्रहरी सहायक निरीक्षक बुढाको नेतृत्वमा ८ जनाको प्रहरी टोली खटिएको थियो। जसमा स्थानीय युवा क्लब, टोल विकास संस्था र आमा समूहले पनि सघाएका थिए।गाँजा प्रहरी एक्लैले फाडे पनि नष्ट गर्ने क्रममा भने स्थानियले पनि सहयोग गरेका थिए।
विशेष गरी पोखरा क्षेत्रमा लागुऔषधको समस्या हुने गरेकोमा उक्त गाँजा नष्ट कार्यले केही अशंमा भएपनि सोको नियन्त्रणमा थप सहजता आउने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले विश्वास व्यक्त गरे।
त्यस्तै प्रहरीले पोखरा २१, पोखरा २३, मादी गाउँपालिकाका केही स्थानमा पनि यसपटक हरियो गाँजा नष्ट गरेको छ। अभियानलाई निरन्तरता दिने कास्की प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१