दमौली । सेती नदीको कटानले पहिरो झर्दा तनहु“को भीमाद बजारका दर्जन बढी घरपरिवार विस्थापित भएका छन् ।
सेतीनदीमा वर्षेनी आउने बाढी कटानले १५ घर जति पहिरोले लगेको छ । सेतीनदीबाट माथि करिब ६० मिटरमा घर छन् । सेतीनदीले कटान गर्दै जा“दा माथिबाट पहिरो खस्दै गएको छ । अधिकांश घरका आधा भाग पहिरोमा परिसकेको छ ।
स्थानीय प्रकाश कलकल, डिसुवानी बज्यै, करश्वारा बाजे, कान्छी हिराचन, एकबहादुर बानियाँ, माइला पौडेल, रेनु वाग्ले, माया हिराचन लगायत १५ घरपरिवार विस्थपित भएको स्थानीय प्रकाश कलकलले बताए ।
उनले भने, ‘नदी कटानले घर पहिरोले लग्यो । पहिरोबाट विस्थापित भएका छौं । व्यापार राम्रो हुन्छ भनी जग्गा किनेर घर बनाइयो । पहिरो खस्लाजस्तो थिएन । नदीले कटान गरेपछि माथिबाट घरका आधा भाग झरी सकेको छ ।’
‘२०६१ सालदेखि पहिरोबाट विस्थापित भएका हौं,’ उनले थपे, ‘विस्थापितपछि १५ वर्षदेखि अन्यन्त्र ठाउँमा घरमा भाडामा बस्दै आएका छौं । घरखर्च चलाउन खाजाघर थियो । तैपनि पहिरो डरले बन्द भयोे ।’
उनका अनुसार अन्यन्त्र घरभाडामा १५ वर्षसम्म खाजाघर चलाए पनि व्यापार सोचेजस्तो भएन । त्यसैले अहिले केही महिनादेखि पहिरोमा परेको आधा भाग घरमा भएपनि खाजा सेन्टर राखेको उनी बताउँछन् । दिउँसो व्यापार गर्न आउने र सा“झ बास बस्न भाडामा कोठा लिइएको उनले सुनाए ।
१५ घरमध्ये विस्थापित घरपरिवार कहाँ गए भन्नेबारे थाहा नभएको स्थानीय रेनु वाग्ले बताइन् । ‘पहिरो जोखिममा मोलेर दिउ“सो व्यापार गर्न आउनु पर्यो,’ उनले भनिन्, ‘साँझ भने डर लागेर पसल बन्द गरेर जाने गरेका छौं । ज्यानको माया कसलाई लाग्दैन र ? सुख्खायाममा त डर छैन । तर लगातार पानी पर्यो भने त पहिरो कति खेर खस्छ भन्न सकिन्न ।’
पहिरोका कारण लाहुरे टोलका दर्जन बढी घर विस्थापित भइसकेका छन् । कुमारचोकदेखि रत्नचोकको सेतीनदी किनारतर्फ करिब २ सय घर पहिरोको जखिममा परेको छ ।
पहिरो र नदीका कटान रोक्न वर्षेनी कनिका छरे झैं बजेट आउने गरेको स्थानीय माया हिराचनले बताइन् । ‘सानो रकम आउँछ,’ उनले भनिन्, ‘त्यति सानो रकमले केही पनि हुँदैन । तटबन्धनका नाममा ४० वटा जाली भर्ने मात्र काम भएको छ । सेतीनदी किनारबाट घरको जगसम्म मेसिनरी पर्खाल राख्न उनले माग गरिन् । साथै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको जोड छ ।
भीमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बजारको कुमारचोकमुनि २०४८ सालदेखि सेतीनदीले कटान गर्न सुरु गरेको स्मरण गरे । २०५३ सालतिर बढी मात्रामा नदीले कटान गर्यो । झन् २०६१ सालमा सेतीनदीमा आएको बाढीले लाहुरे र कुमारचोकमा रहेका घर पहिरोमा परेको उनले बताए । पहिरो नियन्त्रण र नदी कटान रोक्न पटक–पटक सरकारसँग बजेट माग गरेपनि माग पूरा गरेन । थोरै मात्रामा बजेट आउने गरेको थियो । वर्षमा ५ लाख रुपैया“ जति बजेट आउने र त्यही बजेट नदी किनारमा क्याबिन जाली भर्दै आएको छ ।
‘अहिले भने प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘यसले नदीको कटान रोक्न केही सहयोग हुन्छ । पहिरो र नदी कटान रोक्न करिब १० करोड रुपैया“ लाग्ने अनुमान गरिएको छ ।’
सरकारले पर्याप्त बजेट राख्यो भने स्थानीयले पनि १० प्रतिशत रकम उठाउन तयार छन् । भीमाद बजारको लाहुरे टोल, कुमारचोक र रत्नचोकसम्मका बस्ती पहिरोबाट नियन्त्रण गर्न सेतीनदीको किनारबाट माथि घरको जगसम्म ढलान गरेर पर्खाल उठाउनु पर्नेमा उनले बताए । प्रदेश र संघीय सरकारले पर्याप्त बजेट विनियोजन गरी पहिरो नियन्त्रणमा लाग्न सके ठूलो धनको क्षतिबाट बच्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१