युनाइटेड क्लबको रक्तदानमा ३५ युनिट

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
united club blood donetion1

पोखरा   । युनाइटेड क्लब पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

क्लबले हरेक वर्ष वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गर्दै आएकोमा पोखरामा पनि रगतको अभाव सिर्जना भएपछि क्लबले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले जानकारी दिए ।

पहिलो रक्तदाता डा आशीष श्रेष्ठलाई क्लबका अध्यक्ष लालकाजी गुरुङले ब्लडब्याग हस्तान्तरण गरी सुरु भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।

स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सेतीनदी संरक्षण, दैवीप्रकोपमा परेकालाई सहयोग गर्दै आएको छ ।

क्लब अध्यक्ष लालकाजी गुरुङले क्लबले जस्तो परिस्थिति आएपनि आफूहरुले लिएको उद्देश्य अगाडि बढाएर जाने र सामाजिक सेवामा सदैव अगाडि बढिरहने बताए ।
……………….
फोटो ः युनाइटेड ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै