गण्डकीमा सोमबार थपिए २८, कुल संक्रमित २१६५ पुगे

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०७७
Corona_dark

पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा सोमबार २८ जना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या २ हजार १ सय ६५ पुगेको छ । प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या ४ सय ५९ मात्र रहेको छ ।

गण्डकी प्रदेशमा संक्रमितमध्ये निको हुनेको संख्या १ हजार ६ सय ९३ अर्थात् ७८ दशमलबव २ प्रतिशत छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखराको नमुना परीक्षणमा लमजुङ सदरमुकाम वेसीसहर–१० का ४५ वर्षीय पुरुष, वडा–८ का ३५ वर्षीय पुरुष, वडा–११ का ३८ वर्षीय पुरुष, वडा–२ की ३९ वर्षीया महिला, वडा–७ की २१ र २८ वर्षीया महिला संक्रमित भएका हुन् ।

वेसीसहरमा कार्यरत २२, २३ र ३५ वर्षीय सुरक्षाकर्मीहरु (पुरुष) पनि संक्रमित भएका छन् ।

ग्लोबल आईएमई बैंकमा कार्यरत् वेसीसहरकै वडा–७ की ३२ वर्षीया महिला पनि संक्रमित भएकी छन् । एक अस्पतालकी कर्मचारी वडा–७ की २० वर्षीया महिला र सोही वडाकी २५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, वेसीसहर–८ की २७ वर्षीया महिला, वडा–३ का ३२ वर्षीय पुरुष संक्रमित छन् ।

उता, गोरखा सदरमुकाम गोरखा–६ का २१ वर्षीय पुरुष, वडा–१२ का ४६ वर्षीय पुरुष, वडा–१३ की १२ वर्षीया किशोरी र ४० वर्षीय पुरुष, वडा–१३ का ३२ र ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबैको कन्ट्याक्ट टे«सिङ मार्फत संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाएका हुन् ।

यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सोमबार ३ संक्रमित फेला परेका छन् । देवचुली १० की ३७ वर्षीया महिला, मध्यबिन्दु १० का ३४ वर्षीय पुरुष र गैँडाकोट ५ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा सोमबार बिहानमात्र ७ जना संक्रमित थपिएका थिए । त्यसमध्ये फेवा सिटी अस्पतालमा उपचाररत् लमजुङ बेसीशहर–१० की ७१ वर्षीया महिला संक्रमित बनेकी हुन् । उनको क्षयरोग उपचार केन्द्र पोखरामा नमुना परीक्षण भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ६ मा ३७ वर्षीय पुरुष तथा क्षयरोग उपचार केन्द्रको परीक्षणमा वडा ८ का ५५ वर्षीय पुरुष र वडा १५ का ५६ वर्षीय पुरुष संक्रमित बनेका छन्।

तनहुँको भानु–५ का ४४ वर्षीय पुरुष पनि संक्रमित भएका छन् । समुदायस्तरमा कोरोना फैलिएको भानुमा आइतबारमात्र २२ जनामा एकैपटक संक्रमण देखा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width