माकाजूलाई पितृशोक

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
late dambar

पोखरा । पोखराका साहित्यकार एवं सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रवीन्द्र माकाजूलाई पितृशोक परेको छ ।

उनका पिता डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा शुक्रबार दिउँसो आफ्नै निवास पोखरा–३, नदीपुरमा निधन भएको हो ।

पोखरेली फुटबलका सफल कप्तान तथा भजनगायक स्व. माकाजू पूर्व शिक्षक समेत हुन् । उनी भजनगायकरुपमा पनि परिचित थिए ।

स्व. माकाजूको शुक्रबार नै रामघाटस्थित सेतीनदीमा दाहसंस्कार गरिएको छ ।

उनकी श्रीमती, ३ छोराहरु रवीन्द्र, सुरेन्द्र र ज्ञानेन्द्र तथा २ छोरीहरु छन् । रवीन्द्र पोखरापत्र दैनिकका संस्थापक प्रकाशकसमेत हुन् । उनी अनेसास गण्डकीका कास्की जिल्ला संयोजक समेत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width