`सुम्निमा´ माथि परिचर्चा कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
Screenshot (7)

शनिवार `विश्वेश्वरप्रसाद काेइरालाकाे सुम्निमा उपन्यासमा जातीय समन्वय´ शीर्षकमा छलफल सम्पन्न भएकाे छ ।

सिर्जनशील लाेकतान्त्रिक प्रतिष्ठान पाेखराकाे मासिक कार्यक्रम अन्तर्गत कार्यपत्र प्रस्तुत गर्दै डा. भानु कँडेलले जातीय अध्ययनका विविध पाटा हुने भए पनि यसमा मूलतः अार्य र किराँतलाई सांस्कृतिक द्विचरका रूपमा लिएर तिनमा देखिने भिन्नतालाई अध्ययनकाे अाधार बनाएकाे धारणा राखे ।

उनले अगाडि भने : कार्यपत्रकाे खास उद्देश्य उपन्यासकारले अनेकतामा एकताकाे मूल्य कसरी स्थापित गराएका छन् (मूलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि) भन्ने देखाउनु रहेकाे बताए । प्रेम र एक अर्कालाई बुझ्ने सामर्थ्य राख्नु नै व्यक्ति जीवन तथा सामाजिक एकत्वका लागि महत्त्वपूर्ण भएको बरु ती एउटै जाति/सांस्कृतिक समूहका हुनुपर्छ भन्ने नरहेकाे कुरा नै सुम्निमाकाे अध्ययनका क्रममा देखिएकाे उनकाे निष्कर्ष थियाे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै डा. सवीन्द्र भण्डारीले उपन्यासले अात्मिकभन्दा शारीरिक पाटाे महत्त्वपूर्ण छ भन्ने देखाएकाले मेल (हारमाेनी) भन्दा बरु श्रेष्ठता/प्रभुत्व (हेजेमाेनी) बढी झल्केकाे छ भन्ने धारणा व्यक्त गरे । जातीय वा भिन्न संस्कृतिबिचमा मेलभन्दा पनि बरु संस्कारले शारीरिक अावश्यकतालाई दमन गर्ने भएकाले तीबाट मुक्त हुनुपर्छ भन्ने दृष्टिकोण उपन्यासमा देखिने उनकाे विचार थियाे ।

कार्यपत्रमाथि प्रा. डा. विष्णुप्रसाद पाैडेल, याेगराज पाैडेल, दीपेन्द्र पराजुली, डा. जगन्नाथ रेग्मी, डा. लक्ष्मीशरण अधिकारी, तारा पाखे, डा. टीकाराम अाचार्य तथा लाेकचन्द्र खनालले अाअाफ्ना धारणा व्यक्त गरेका थिए । उपन्यासले जातीय मेल नभई अार्य संस्कृतिकाे स्खलन गराएकाे केही वक्ताकाे धारणा थियाे भने उपन्यास धेरै काेणबाट हेर्न सकिने बलियाे रहेकाे तथा भिन्न वर्णका मानिसकाे मेलबाट नेपाललाई चाहिने खास मानिस जन्मन सक्छ भन्नेतर्फ उपन्यासले सङ्केत गरेकाे केहीकाे धारणा थियाे । सैद्धान्तिक रूपमा अझ मसिनिएर अाएका भए कार्यपत्र राम्रो हुनेतर्फ पनि उनीहरूले सङ्केत गरेका थिए ।

गुगल मिट मार्फत सम्पन्न कार्यक्रमकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकाेटीले गरेका थिए भने सञ्चालन सचिव डिल्लीराम पाैडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width