पोखरा विश्वविद्यालयको विद्यार्थीहरुको भविष्य, उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्तिको माग राखेर गरिएको नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय मुल इकाइ समितिको अनशन कोरोना भाइरसको जोखिम बढेकोे कारण स्थगित भएको छ ।
२७औं दिनसम्म जारी अनशनका अनशनकारीलाई प्राज्ञ नगेन सिंह ठकुरीले जुस खुलाउँदैं देशको भविष्य विश्वविद्यालय हो तर विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति नहुनु लाजमर्दो हुनुका साथै देशको भविष्य पनि अन्यौलमा परेकोे बताउदैं अबको विश्वविद्यालयको कुलपति प्राज्ञिक, प्रोफेसर,डाक्टर अथवा शिक्षा क्षेत्रको विज्ञ हुनु पर्ने माग गरे ।
पोखरा विश्वविद्यालय मुल इकाइ समितिका सभापति फिरोज सुबेदीले ११ महिनादेखि विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार बिहिन हुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परेका कारण आन्दोलन गर्नु परेकोमा सरकारद्वारा निषेधआज्ञाको सूचनालाई मनन गर्दै अनसन स्थगित गर्नु परेको जानकारी दिए ।
वरिष्ठ उप सभापति दीपेन्द्र गौतमले ४० हजार विद्यार्थीहरुको भविष्य कता गइरहेको छ भन्ने प्रश्न गर्दै यो अनसन कोरोना कारण स्थगित भए पनि हाम्रो आन्दोलन नरोकिने जानकारी दिए ।
पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ संस्थापक स्ववियु सभापतिका प्रत्यासी डीफन भुजेलले सहयोगीप्रति आभार व्यक्त गरे । विद्यार्थी नेता राजीव भण्डारीले विद्यार्थीहरुको भविष्यको लागि नेपाल विद्यार्थी संघ कहिल्यै पछि नहट्ने बताए।
कास्की काङग्रेसका आमन्त्रित सदस्य दिनेश पौडेल, नेपाल तरुण दल पोखरा महानगर सदस्य एवम तरुण दल पोखरा महानगर ३० का सचीव सुबास भण्डारी, तरुण दल पोखरा महानगर सदस्य प्रकाश पुन एवम् नेपाल विद्यार्थी संघका प्रभावशली नेताहरु प्रताप बानियाँ र सागर रानाभाट लगाएतले ने वि संघलाई आफ्नो शुभेक्षा व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१