जीपले ठक्कर दिँदा पोखरामा २ प्रहरीको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७७
accident

पोखरा,३ भदौ । पोखरा–५ पस्र्याङमा बुधबार बिहान १.०० बजे सवारी दुर्घटनामा २ प्रहरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नम्वरको मोटरसाइकलाई ग २ च २६२६ नम्वरको बोलेरो जीपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको हो । मृतक दुबैजना वडाप्रहरी कार्यालय बैदाममा कार्यरत हुन् ।

बलेरोको ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रवहादुर बगाले मगर र मोटरसाइकलमा सवार बर्दिया मैनापुर–२ निवासी ३४ वर्षीय प्रहरी हवल्दार डम्मरबहादुर थारुको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले दिए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर बगालेको गण्डकी मेडिकल कलेज पोखरामा उपचारकै क्रममा बुधबार बिहान १.५० बजे मृत्यु भएको हो भने हबल्दार थारुको सोही मेडिकल कलेजमा उपचारकै क्रममा बुधबार दिउसो १.१० बजे मृत्यु भएको हो । प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको जीपले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जीप र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width