पोखरा, ३ भदौ | पोखरामा जिप ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।
पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पा घर भएका मोटरसाइकल चालक २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको हो । यस्तै, बर्दियाका प्रहरी हवल्दार ३४ वर्षीय चन्द्रबहादुर थारु घाइते भएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएकोमा बगालेको उपचारक्रममा १ बजेर ५० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१