काठमाडौँ, २ भदौ । नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए।
विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो ।
यसअघि एकै दिन ७४१ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल २८ हजार २५७ जनामा सङ्क्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।
उनका अनुसार सक्रिय सङ्क्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी आज ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भई घर फर्किसकेको उनले बताए।
अहिलेसम्म ६२.२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन्।
सात जनाको मृत्यु
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिए। उहाँका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक/एक जना पुरुष तथा तनहुँका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना सङ्क्रमणबाट मृत्यु भएका छन्।
Related News
सम्बन्धित समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
नरोऊ मायालु…
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७